‘रागिनी एमएमस २’ को ट्रेलर पोर्न साइटमा (भिडियोसहित)


mms2एजेन्सी, मुम्बई । भनिन्छ, मानिसलाई आफ्नो अतितले कहिल्यै छाड्दैन्। कहिले यसले भविष्य बनाउन मद्दत गर्दछ। त कहिले बिगार्न पनि। बलिउड अभिनेत्री सन्नी लियोनलाई पनि कहिले बितेको अतितले सहयोग गरेको छ त, कहिले यहि अतितका कारण उनी संकटमा पर्ने गर्छिन।

बलिउडमा प्रवेशको पहिलो पाइलाबाटै आफ्नो चर्चा गराउन सफल यी अभिनेत्री आधा दर्जन चलचित्र अभिनय गरेकी छैनन्। तर यिनको चर्चा भने दजनौं चलचित्र अभिनय गरेका अभिनेत्री बराबर छ। अझ हट अभिनयमा त अन्य अभिनेत्रीलाई पछि पार्ने संकेत समेत देखाएकी छन् उनले।

सन्नी पछिल्लो समय चलचित्र ‘रागीनि एमएमएस २’ का कारणले चर्चामा छिन्। चलचित्रको हालै ट्रेलर सार्वजनिक भएको छ। तर दुःखको कुरो चलचित्रको ट्रेलर पोर्न साइटमा देखियो। अहिले सन्नी पोर्न चलचित्रबाट निकै टाढा रहेकी छन्। तर पनि उनी नचाहदा-नचाहदै पनि पोर्नसँग जोडिने गरेकी यो ट्रेलरले देखाएको छ।

चलचित्रको ट्रेलर पोर्न साइटमा देखिनुमा निर्माताको चहाना पनि रहेको समाचार एजेन्सीले खुलाएका छन्। ‘मेरो प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रागीनि एमएमएस २’ सुपर सेक्सी तथा एकसेएक हट चलचित्र हो’ सन्नीले भनिन्, ‘यो चलचित्रलाई मेरा प्रसंशकले निकै मन पराउँछन्।’ सन्नीको यो पहिलो हरर चलचित्र हो।

SUBSCRIBE 👉