सलमानलाई लाग्यो बिर्सिने रोग


salman-khanबलिउडका व्याड ब्वाई सलमान खानका फ्यानलाई एउटा नराम्रो खबर छ । फिल्ममा निकै रोमान्टिकदेखि एक्सन फ्लेबरका डाइलग बोल्ने ‘दबंग’ स्टार यो समय ‘सर्ट टर्म मेमोरी लस’को समस्याले ग्रसित छन् । हालका दिनमा सुरज बडजात्याको फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङमा व्यस्त सलमानले फिल्मका डायलग पनि बिर्सिन थालेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा राम्रा नराम्रा किसिमका संवाद बोल्न माहिर सलमानले डायलग नै बिर्सिन थालेपछि उनको अभिनयमा पनि असर पर्न सक्ने अनुमान गर्न थालिएको छ । यसकारण पनि उनलाई अहिले राम्रो किसिमले डायलग बोल्न चुनौति बन्दै गएको छ । फिल्मका डायलग पनि बिर्सिन थालेपछि आजकल निर्देशक तथा निर्माताहरुले सलमानका लागि सिधा किसिमको संवाद लेख्न पटकथा लेखकलाई आग्रह गरेका छन् ।

SUBSCRIBE 👉