अमिताभ र अभिषेकले गरे मनिषाको तारिफ


manisha-koiralaग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाको सौन्दर्यको चर्चा बलिउडका कलाकारले गरेका छन् । हालै मुम्बईमा आयोजित एक अवार्ड समारोहमा देखिइएकी मनिषाको सौन्दर्य देखेर बीग बी अमिताभ बच्चन र उनका पुत्र अभिषेक बच्चनले तारिफ गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विगत केही समयदेखि फिल्मबाट गुमनाम भएकी मनिषा उक्त अवार्डमा पुग्दा उत्कृष्ठ अभिनेत्रीको अवार्ड प्रियंका चोपडाले जिते पनि अवार्डमा उपस्थित सेलिब्रेटीले मनिषालाई सौन्दर्य र स्वास्थ्य राम्रो बनेकोमा बधाई दिएका थिए । दुई वर्ष अघि क्यान्सर भएपछि त्यसको सफल शल्यक्रियाबाट मुक्ति पाएकी मनिषा फिल्ममा आउन नृत्यको कक्षादेखि लिएर फिटनेस सेन्टरमा धाउन व्यस्त छिन् ।

सन् ९० दशकमा बलिउडकी ख्याती प्राप्त अभिनेत्री बनेकी मनिषाले नेपाली फिल्मसँगै तमिल, तेलेगू र मलयालम फिल्ममा पनि अभिनय गरेकी छन् । बलिउडमा फिल्म सौदाघरबाट डेब्यु गरेकी मनिषा अभिनित गुप्त, अकेले हम अकेले तुम, अग्नी साक्षी र बम्बे सर्वाधिक सफल फिल्म मानिन्छन् ।

SUBSCRIBE 👉