सौन्दर्य प्रतियोगितामा देखियो अझै पनि


Ajhai-Paniग्ल्यामर नेपाल, काठमाडौं ।
स्वर्गीय निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको अन्तिम फिल्म ‘अझै पनि’ले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो प्रचार प्रसार अभियानलाई तिब्र बनाउँदै लगेको छ । यसैक्रममा आगामी फागुन १५ मा देशव्यापी रिलिज हुने फिल्मका निर्माता तथा कलाकार बुधवार अपरान्ह राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस कलेज आईडल २०१४’मा देखिए ।

ट्रिनिटी ईभेन्ट एण्ड मार्केटिङले आयोजना गरेको कार्यक्रममा फिल्मकी निर्माता पुनम गौतम, नायिका सुरक्षा पन्त, सह–नायकहरु विशाल ढुंगाना र पुष्प खड्का थिए, जसलाई कार्यक्रम आयोजकले सम्मान गरेको थियो । निर्माता गौतमले फिल्मले समाजका हरेक पाटोलाई समेट्दै परिवर्तनकारी चेतना र मनोरञ्जनको नारालाई लिएर बनेको बताईन् । उनले समाजमा नदेखिएका तर यथार्थपरक पात्रहरुले फिल्मलाई रहस्यमय बनाएको दाबी गरिन् । फिल्मका प्रमुख कलाकार सुदर्शन थापा र पुजा शर्मा भने कार्यक्रममा देखिएनन् । उनीहरु अर्को फिल्म ‘चंखे शंखे पंखे’को सुटिङमा व्यस्त छन् ।

सुदर्शन र पुनमले संयुक्त रुपमा लगानी गरेको फिल्ममा मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको पनि अभिनय रहेको छ । फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी र सचिन सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉