२०१५ सलमानका लागि संकटको वर्ष !


Salman-Khanबलिउड व्याड ब्वाई सलमान खान सन् २००२ को हिट एण्ड रन मुद्धाका कारण कानूनी झमेलामा फँसेको लामो समय भईसक्यो। उनको मुद्धा हेरिरहेको सेशन कोर्टले पीडित पक्षलाई एक प्रमाणको बयानका लागि पुनः दर्ता गर्न अनुमति दिएको छ । अदालतले मुद्धाको ट्रायल जनवरी २०१५ सम्ममा सकिनु सक्नुपर्ने आदेश दिएको छ । जसकारण पनि नयाँ वर्ष २०१५ सलमानका लागि संकटकै वर्ष बन्ने सम्भावना बढेको छ ।

कोर्टले दोस्रो पटक मुद्धा सुनुवाईलाई तिब्र रुपले पुरा गर्न भनेको छ । न्यायधिश डी डब्लु देशपाण्डेले मुद्धा डिसेम्बरको अन्त्यसम्म सकेर सुनुवाई २०१५ को जनवरीसम्म सक्नुपर्ने बताएका छन् । सन् २००२ को २८ डिसेम्बरमा मुम्बईको एक बेकरीको अगाडिको बाटोमा मदिराले मातेर सलमानले गाडी कुदाउँदा गाडीले किचेर एक व्यक्तिको मृत्युसँगै चार व्यक्ति घाइते भएको भन्दै अदालतमा मुद्धा परेको थियो ।

कल रिजनल ट्रान्सपोर्ट अफिसका वरिष्ठ अधिकारी आर एस केतकरले सलमानका वकिल श्रीकान्त शिवाडेसँग घटनाको प्रमाण लिएका थिए । यसअघि विशेष अभियोजक प्रदीप घरतले पनि प्रमाण लिएका थिए । केतकरले पुनः ८ डिसेम्बरमा दोस्रोपटक प्रमाण लिँदैछन् ।

SUBSCRIBE 👉