अपाङ्ग बालबालिकासँग भुवनले मनाए क्रिसमस


Bhuwan-KCग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाङ्गता भएका बालबालिकासँग मनाएका छन् । ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघमा बिहिबार बिहान पुगेका केसी त्यहाँका सुस्त मनस्थिति, दृष्टिविहिन, आवाजविहिन र शारीरिक अपांगता भएका ५२ जना बालबालिकसँग करिब दुई घन्टा बिताए ।

राजधानीको काठमाडौं मलस्थित फेसियल हाउस सैलुनले आफ्नो सातौं वार्षिक उत्सव मनाउन आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाहरुको सेवा’ कार्यक्रममा अभिनेता केसी प्रमुख अतिथि बनेका थिए । त्यहाँका बालबालिकाहरुले अभिनेता केसीलाई उनका विभिन्न फिल्मका गीत गाएर सुनाएका थिए । उनीहरुको गीत सुनेर केसी प्रफुल्लित बने । ‘पहल नेपाल’की अध्यक्ष सरिता गुरुङ, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरासँगै अभिनेता केसीले फेसियल हाउसका तर्फबाट अस हाय बालबालिकालाई ज्याकेट तथा विभिन्न खाद्य सामग्री प्रदान गरेका थिए ।
Bhuwan-KC-1अभिनेता केसी र प्रबन्ध निर्देशक महराले तीनै बालबालिका माझ केक काटेर फेसियल हाउसको सातौं वार्षिक उत्सव मनाइएको थियो । ‘अपाङ्गता भएका बालबालिकाले पनि भविष्यमा केही गर्न सक्छन् भनेर उनीहरुलाई प्रोत्साहन गर्न फेसियल हाउसको वार्षिक उत्सब उनीहरु बीच मनाईएको हो ।’ महराले भनिन् ।

अभिनेता केसीले अपांगता भएका बालबालिकाहरुको गीत संगीत सुनेर आफु प्रफुल्ल बनेको जनाउँदै आगामी दिनमा पनि आफु बालबालिकालाई भेट्न आउने प्रतिबद्धता व्यक्त गरे ।

Bhuwan-KC-2

SUBSCRIBE 👉