४० मिनेटको ११ करोड रुपैंयाँ


Jeniffer-Lopezहलिउड स्टार जेनिफर लोपेजले गत नोभेम्बरमा मकाउमा भएको एक कार्यक्रममा गीत गाउनका लागि ११ करोड रुपैंयाँ लिएको खुलेको छ । मकाउको ग्राण्ड हायात होटलमा जेनिफरले ४० मिनेटको लागि उनले यति मोटो रकम लिएकी हुन् ।

उक्त कार्यक्रमका लागि जेनिफरले आफ्नो ठूलो टिम लगेकी थिईन् । उनीहरुले होटलमा २० वटा रुम मागेका थिए, जस अनुसार तीन दिनका लागि पाँच तारे होटलको सुइट बुक गरिएको थियो । जेनिफर उक्त होटलमा लामो समयसम्म बसिनन् । उनी आफ्नो प्रस्तुति सकिनासाथ जुम्ल्याहा सन्तानलाई घुमाउनका लागि अमेरिका उडिन् ।

जेनिफरले उक्त मोटो रकम लिएपछि कार्यक्रम आयोजकलाई लगानी उठाउन निकै मुस्किल परेको थियो ।

SUBSCRIBE 👉