पशुपति प्रसाद बनाउँदै दीपेन्द्र


Pashupati-Prasadग्ल्यामर नेपाल, काठमाडौं ।
‘झोले’, ‘भिजिलान्ते’ र ‘चपली हाइट’ जस्ता फिल्म निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘पशुपति प्रसाद’को निर्देशन गर्ने भएका छन् । फिल्म ‘टलकजंग भर्सेस टुल्के’का निर्माता रविन्द्रसिंह बानियाले निर्माण गर्न लागेको फिल्ममा ‘टुल्के’ खगेन्द्र लामिछाने प्रमुख भूमिकामा देखिँदैछन् ।

फिल्ममा विपिन कार्की र रविन्द्रसिंह बानियाको पनि अभिनय रहनेछ । निर्देशन खनालका अनुसार रोजिना श्रेष्ठ, रिता श्रेष्ठ र रजना नापितको समेत लगानी रहने फिल्मको सुटिङ फागुनबाट शुरु हुनेछ । सामाजिक कथाको श्रेणी रहेको फिल्म एक पात्र वरीपरी घुम्नेछ ।

SUBSCRIBE 👉