सुदूरपश्चिमको ‘वारी डाँडा’मा नवल र सुमिना


bhimdatta-nepali-movieग्ल्यामर नेपाल, काठमाडौँ । हिमग्याप टासी निर्देशित फिल्म ‘भिमदत्त’को नयाँ गीत रिलिज गरिएको छ। सुदूर पश्चिमेली भाकामा तयार पारिएको ‘वारी डाँडा’ बोलको गीत सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा नवल खड्का र सुमिना घिमिरेलाई देख्न सकिन्छ।

सार्वजनिक गीतको शब्द र संगीत मणी थापाको रहेको छ भने राजेश पायल राई र सत्यकला राई (खड्का)ले स्वर दिएका छन्। गीतको कोरियोग्राफी निर्देशक टासी स्वयम:ले गरेका हुन्। नेपाली फिल्ममा यस्ता स्थानीय भाकालाई टिपिएको गीत असाध्यै कम हुने गर्छन। सोही कारण ‘भिमदत्त’को यो गीतले चर्चा पाउने विश्वास गरिएको छ। फिल्मले राणा कालमा कृषि क्रान्ति र प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा सहादत प्राप्त गरेका योद्धा भिमदत्त पन्तको जीवनकथा भन्छन्।

भिमदत्तको जन्मथलो डढेल्धुरामा छाँयाकन गरिएको यो फिल्ममा नवल र सुमिनासहित नायिका निशा अधिकारीको पनि अभिनय रहेको छ। निशालाई चलचित्रमा अनुसन्धानकर्ताको भूमिकामा देख्न सकिन्छ। कविता शर्मा, रमेश बुढाथोकी, एमएस अग्रज, उत्तम केसीले पनि अभिनय गरेका छन्। विष्णु कल्पितले खिचेको फिल्मलाई वनिष शाहले सम्पादन गरेका हुन्। फिल्मको रिलिज डेट तोकिएको छैन्।

‘वारी डाँडा……. ’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

SUBSCRIBE 👉