निर्माता बन्दा खुशी भईन् प्रियंका


priyanka-chopraबलिउडकी ‘मेरी कोम’ गर्ल प्रियंका चोपडाले फिल्म निर्माताको रुपमा दर्शकमाझ आउन पाउँदा खुशी लागेको बताएकी छन् । उनले आफ्नो प्रोडक्सन पर्पल पेबल पिक्चर्सको फिल्म ‘म्याडमजी’का लागि पूर्ण रुपमा तयार भएको समेत खुलाएकी छन् ।

‘म्याडमजी एक काल्पनिक फिल्म हो, यो एक आइटम गर्लको कथा हो, जो राजनीतिको दुनियाँमा छिर्छिन्,’उनले फिल्मको बारेमा भनेकी छन्,‘म्याडमजीले महिला सशक्तिकरणको कुरालाई उठान गरेको छ, म निर्माताको रुपमा दर्शकमाझ आउन पाउँदा खुशी छु ।’

हाल प्रि प्रोडक्सनको काम भइरहेको यो फिल्म प्रियंकाकै भनाईमा कम बजेटको हुनेछ । ‘तर कलाकार पनि प्रतिभाशाली हुनेछन् ।’ उनले भनिन् ।

SUBSCRIBE 👉