रोल्पामा जम्मा हुँदै फिल्मकर्मी


Aakhil-Nepal-Chalchitra-Sangग्ल्यामर नेपाल, काठमाडौं ।
अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पाको लिवाङमा आगामी माघ २२ गतेदेखि एक हप्ते अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला गर्ने भएको छ । संघले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष केपी पाठकले नयाँ सिनेमा आन्दोलन मार्फत नेपाली फिल्मको रुपान्तरण अभियान चलाई रहेको अवस्थामा कार्यशाला गर्न लागिएको जनाए ।

उनले नेपाली समाज र त्यसका संरचनामा आएका परिवर्तनहरुलाई फिल्मले अभिव्यक्त गर्न नसकिरहेको अवस्थामा फिल्मकर्मीहरुको सीप, क्षमता र अनुभवलाई व्यापक र समृद्ध गराउन कार्यशाला महत्वपूर्ण प्लेटफर्म हुने दाबी गरे । ‘कार्यशालाले विदेशी फिल्मले निर्माण गरिदिएको सांस्कृतिक तथा मनोवैज्ञानिक प्रभावलाई न्यूनीकरण गरी नेपाली कला, संस्कृति र राष्ट्रियतालाई स्थापित गराउन मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’पाठकले भने ।
Shanti-Priya-Tulsi-Ghimire-KP-Pathak-Dabu-Chetriआयोजकका अनुसार कार्यशालामा स्रोत व्यक्तिका रुपमा भारतबाट फिल्म लेखक, समीक्षक तथा निर्देश्क शेखर दास र इजिप्टबाट लेखक, सम्पादक तथा प्राध्यापक सफा इलाइसी हगाग आउने छन् । कार्यशालाकै लागि चीन र क्युबाबाट पनि स्रोत व्यक्ति ल्याउने तयारी भइरहेको उनले बताए । चीनबाट आउने स्रोत व्यक्ति चिनियाँ भाषा मात्र बोल्ने भएपछि आयोजकले अंग्रेजी भाषा शुद्धसँग बोल्ने स्रोत व्यक्ति झिकाउने तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले कार्यशालाले युवापुस्ताको भावनालाई समेट्न आग्रह गर्दै नयाँ सोचको जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले कार्यशालाले विचार र सिद्धान्त भन्दा पर रहेर फिल्म क्षेत्रको विकासका लागि टेवा पु¥याउनेमा फलदायी हुने बताए । संघका उपाध्यक्ष एमएस अग्रजले कार्यशालाले फिल्मका विविध पक्षलाई समेट्ने दाबी गरे ।कार्यशालामा ५० बढी फिल्मकर्मीको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

SUBSCRIBE 👉