पलायनको संघारमा ‘एटिएम’की हट गर्ल


ग्ल्यामर नेपाल, काठमाडौं ।
रातारात हिट बन्न खोज्दा करिअरबाटै हात धुने अवस्थामा पुगेका कलाकार नेपाली फिल्मवृत्तमा धेरै छन्। हिरोइन सविना कार्की तिनै मध्येकी हुन्। नेपाली फिल्मी इतिहासकै सबैभन्दा अश्लील भनिएको फिल्म ‘एटिएम’की हिरोइन सविना आजकल कता छिन्, कसैलाई पत्तो छैन। पहिलो फिल्म ‘दुलही रानी’मा सोझी युवतीका रुपमा देखिएकी थिइन् सविना। यो फिल्मले उनलाई खासै चर्चा दिलाएन। त्यसैले अंग प्रदर्शनको बाटो रोजिन्।
Sabina-Karki
दोस्रो फिल्म ‘एटीएम’मा निकै छोटा कपडा लगाएर भल्गर रुपमा प्रस्तुत भइन। अश्लील दृश्य र संवादले भरिएको फिल्मको ट्रेलर सार्वजनिक हुनासाथ चौतर्फी आलोचना भयो। लामो समयसम्म फिल्ममाथि रोक लगाइयो, बल्ल–बल्ल रिलिज हुँदा पनि दुई दिन चल्न पाएन। यसरी करिअरकै सुरुवातमा बदनाम भएपछि सविना कहिल्यै माथि उठन सकेकी छैनन्।

कतिसम्म भने लोकगीतका भिडियोमा पनि काम पाउन छाडेकी छिन्। भलै सविनाले यसबीचमा अश्लील हिरोइनको छवि परिवर्तन गर्ने प्रयास नगरेको होइन। ‘वान साइड लभ’, ‘पंगा’, ‘लाटी’जस्ता फिल्ममा सामान्य युवतीको भूमिका निर्वाह गरिन्। तर यी फिल्मको अत्तोपत्तो छैन्। गुमनाम रहेकी सविनाले बुझेकी हुनुपर्छ, बेलैमा बुद्धि नपुर्‍याउँदा कति हानी बेहोनुपर्ने रहेछ भन्ने तीतो यर्थाथ। उसो त सविना मात्र होइन्, एटीएमकी अन्य दुई नायिका जिया केसी र सोनिया शर्मा पनि गुमनाम छन्।

SUBSCRIBE 👉