भुवनको बुढ्यौली वैश, घटेन सुन्दरी मोह


ग्ल्यामर नेपाल, काठमाडौं ।
भुवन केसीले अभिनयबाट जति धेरै चर्चा कमाए, युवतीसँगको सम्बन्धले दिलाएको चर्चा त्यो भन्दा कम छैन। हरेक समय कुनै न कुनै हिरोइन, मोडल वा अन्य युवतीसँग उनको नाम जोडिरहेको हुन्छ। कुनै जमानामा एक हिरोइनले “भुवन नभइदिएको भए धेरै नेपाली हिरोइन कुमारी हुन्थे” भनेर दिएको अभिव्यक्तिले पनि निकै चर्चा पाएको थियो तर पनि उनको सुन्दरी मोह भने घटेको छैन।
Shriti-Shrestha-and-Bhuwan-KC
जबकी उनका छोरा अनमोल अहिलेका चल्तापुर्जा हिरोमा गनिन थालिसके। यतिबेला भुवन हट भनिएकी हिरोइन जिया केसीसँग लिभिङ टुगेदर रहेको बताइन्छ। दुवैले यो कुरा लगभग स्वीकारीसकेका छन्। जिया अगाडी उनको नाम आशिका तामाङ नामकी मोडलसँग जोडिएको थियो। जियासँगको सम्बन्ध औपचारिक रुपमा बाहिर आए पनि अरु सुन्दरीसँगको भुवनको मोह भने घटेको देखिदैन।

नायिकाहरु तथा नेपाल सुन्दरीहरु सँग
भुवनको विभिन्न पोज फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

आजकल त झन् उनी सामाजिक सञ्जाल फेसबुकमार्फत युवतीहरुसँग खिचाएको फोटो सार्वजनिक गर्न थालेका छन्। हालै मात्र पनि उनले पूर्वमिस नेपालद्वय मलिना जोशी र सृष्टि श्रेष्ठसँगको फोटो सेयर गरेका थिए। यसका अलवा सार्वजनिक कार्यक्रममा पनि उनी हिरोइनको माझमा बसेर फोटो सेसन गराउन निकै अग्रसर हुन्छन्। सायद यसैलाई भनिन्छ, बुढ्यौली वैश !
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉