अधकट्टीको अष्ट्रेलिया टिजर र फष्टलुक सार्वजनिक


गौरव कन्फ्युज, प्रदीप लुज, विल्सन खञ्चुवा

Adhakatti-First-Look-Poster

ग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी फेब्रुअरी १ मा अष्ट्रेलियामा प्रिमियर हुन लागेको फिल्म ‘अधकट्टी’ को अष्ट्रेलिया टिजर र फष्टलुक ग्ल्यामर नेपाल डटकममार्फत सार्वजनिक भएको छ । सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्मको टिजरमा फिल्मका कलाकारको चरित्रलाई प्रस्तुत गरिएको छ । जसमा अभिनेता गौरव पहारीलाई कन्फ्युज, प्रदीप बास्तोलालाई लुज र विल्सनविक्रम राईलाई खञ्चुवा पात्रमा प्रस्तुत गरिएको छ ।

फिल्मका निर्माता प्रदीपकुमार उदयका अनुसार अष्ट्रेलियामा रहेको सिनेमा क्लबले सिड्नीमा फिल्म प्रदर्शन गर्न लागेको हो । फिल्मका लागि अष्ट्रेलियाली निर्माता अर्चना थापाले प्रिमियरको चाँजोपाजो मिलाएकी छन् । निर्देशक सुब्रतका अनुसार फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ ।

फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।

टिजर भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉