ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘मेरो एउटा साथी छ’बाट सर्वाधिक रुचाइएको जोडी अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुनः फिल्मी पर्दामा सँगै देखिने भएका छन् । यसअघि अभिनेता आर्यन र निर्माता सुवास गिरीले निर्माण गरेको सफल फिल्म ‘नोभेम्बर रेन’ मा अनस्क्रिन रोमान्स गरेको यो जोडी सुवास र आर्यनले नै बनाउन लागेको अर्को फिल्म ‘क्लासिक’मा दोहोरिन लागेका हुन् ।
दिनेश राउतले निर्देशन गर्ने फिल्मका लागि अन्य कलाकार भने फाइनल भईसकेका छैनन् । दिनेशले नै ‘नोभेम्बर रेन’को निर्देशन गरेका थिए । अघिल्लो फिल्ममा झैं नयाँ फिल्ममा पनि नम्रता र आर्यनको जोडीलाई मन पराइदिनेमा निर्देशक राउतले विश्वास व्यक्त गरे ।
उनका अनुसार फागुनबाट सुटिङ शुरु हुने फिल्मका लागि नम्रताले मौखिक सहमति जनाईसकेकी छन् । नम्रता र आर्यन हाल गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्देशन गरिरहेको फिल्म ‘होमवर्क’मा व्यस्त छन् । ‘क्लासिक’को कथा छेतन गुरुङले लेखेका हुन् ।
