रंगीलामा हमालको फरक लुक्स


Rajesh-Hamal-Featred-in-Bagmati-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
एस ब्यानरमा फिल्म ‘रंगीला’ बन्ने भएको छ । ‘हनिमुन नाइट’, ‘तरंग’लगायतका फिल्म निर्देशनसँगै झण्डै ५० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक लक्ष्मण सुनारले फिल्मको निर्देशन गर्नेछन् । निर्देशक सुनारका अनुसार फिल्ममा महानायक राजेश हमाल फरक भूमिकामा देखिँदैछन् ।

फिल्ममा नायिका रेन थापा प्रमुख भूमिकामा देखिदैछिन् । उनले यसअघि ‘एउटा साथी’मा केमियो भूमिका निभाएकी थिईन् । दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रेनले फिल्ममा लगानी गर्दैछिन् । उनलाई लगानीमा गम्भीरध्वज जीसीले पनि साथ दिँदैछन् ।

फिल्म एक्सन र लभस्टोरी फ्लेबरको हुनेछ । सम्राट बस्नेतको एक्सन, शाहिल खड्काको संगीत रहने फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ ।

SUBSCRIBE 👉