समलिंगी हुनुमा गर्व गर्छन् टे


Ty-herndonहलिउड कन्ट्री गायक टे हर्नडनले आफुलाई समलिंगी हुनुमा गर्व र खुशी लागेको बताएका छन् । उनले आफ्नो आमाले पहिलोपटक आफ्नो समलिंगीपन थाहा पाएको खुलासा समेत गरेका छन् ।

उनका अनुसार आफ्नो समलिंगी जीवनलाई करियरभरी उनले लुकाएर राखेका थिए । ‘मलाई समलिंगी हुन पाउँदा खुशी र गर्व लागेको छ ।’ ५२ वर्षे गायकले भनेका छन् । दश वर्षको उमेर हुँदा उनमा समलिंगीको लक्षण देखिएको थियो भने बीस वर्षको उमेरमा परिवारले उनको कुरा थाहा पाएका थिए ।

आफ्नो जीवन देखेर आमा चिन्तित हुने गरेको खुलाउँदै उनले परिवारले आफ्नो करियरको समयमा समलिंगी हुँदाको संघर्षलाई नजिकबाट हेरेको दाबी गरेका छन् ।

SUBSCRIBE 👉