‘भाइब्ज’को म्युजिक भिडियो ‘को हुँ म’


The-VIbes-Bandग्ल्यामर नेपाल, काठमाडौं ।
नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले आप्mनो दोस्रो एल्बम ‘को हुँ म’मा रहेको शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

आप्mना हरेक सांगीतिक प्रस्तुति तथा तीनको म्युजिक भिडियोमा केही न केही नयाँ र अनौठो प्रयोग गर्दै आएको द भाइब्ज व्याण्डले ‘को हुँ म’ बोलको यसको शिर्ष गीतको भिडियोमा पनि नयाँपन दिएको छ । भिडियोमा ४२ जनालाई मोडल रहेका छन् । भिडियोमा विभिन्न उमेर समूह र वर्गका नेपाली तथा अमेरिकी मोडलहरु आउँदै जाँदै गर्छन् । हरेक मानवले आप्mनो पहिचान र अस्तित्व खोजी गर्ने विषयमाथि बनाइएको भिडियोको ९५ प्रतिशत छायाँकन अमेरिकामा गरिएको छ । व्याण्डका भोकलिष्ट प्रइन सिंह, गितारिस्ट रुपक लामा तथा अन्य नेपाली तथा अमेरिकी मोडलहरुको छायांकन अमेरिकी शहर सान फ्रान्सिस्कोमा गरिएको छ भने नेपालमा रहँदै आएका व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठको अंश काठमाडौंमै छायांकन गरिएको छ ।

अमेरिकामै जन्मेको द भाइब्ज व्याण्डले आप्mनो पहिलो एलबमस्वरुप द भाइब्ज जेनेरेशन नामक एल्बम बजारमा ल्याएको थियो । नेपाली रक संगीतको क्षेत्रमा अत्यन्त चर्चा कमाउन सफल उक्त एल्बमको थाकी सके गोडा हात बोलको रक गीत र त्यसको म्युजिक भिडियो निकै चलेको थियो । यो भिडियो अहिलेसम्मकै नेपाली म्युजिक भिडियोमध्ये सर्वाधिक लगानीमा तयार पारिएको थियो । भिडियोको लागत ६ लाख ४० हजार रुपैंयाँ थियो । त्यसै गरी त्यही पल बोलको अर्को गीत र त्यसको भिडियो पनि बनेको थियो ।

SUBSCRIBE 👉