आर्यन – रेखा रिलमा पनि भिडन्त !


Aryan-Sigdel-Rekha-Thapa

Aryan Sigdel and Rekha Thapa | Nepali Movie KISMAT | File Photo: Glamour Nepal

आर्यन सिग्देलको करिअर रेखा फिल्म्सको किस्मतबाट सुरु भएको हो। त्यसपछि पनि उनले रेखा थापासँग यही ब्यानरका हिफाजत र कसले चोर्‍यो मेरो मनमा अभिनय गरे। त्यतिबेला रेखा र आर्यनको मित्रता निकै मौलाए पनि बिस्तारै सम्बन्ध बिग्रीयो। दर्शकको माग भए पनि फिल्ममा सँगै देखिन छाडे। फिल्मवृत्तमा उनीहरूको छवि एकअर्काका दुस्मनका रूपमा बनेको छ। यसरी रियल लाइफमा निकै प्रतिशोध र प्रतिस्पर्धा रहेको भनिएको यो जोडीको फिल्म एकै दिन रिलिज भएको छ। आज अर्थात् पुस २५ गते बाट आर्यन अभिनित फिल्म “अलबिदा” र रेखा अभिनित फिल्म “तथास्तु” प्रदर्शन मा भिडेका छन्।

आर्यन अभिनित पछिल्लो फिल्म नाइके असफल भएकाले ‘अलबिदा’को व्यापारले आर्यनको करिअरमा निकै अर्थ राख्नेछ भने आफ्नो ब्यानरका फिल्म मात्र हिट गराउने गरेको आरोपलाई ‘तथास्तु’मार्फत चिर्ने चुनौती छ रेखालाई। यसका साथै दुई फिल्मको व्यापारको ग्राफले उनीहरूको लोकप्रियता मापन पनि हुनेछ।
– गोकर्ण गौतम / नेपाल साप्ताहिक

SUBSCRIBE 👉