फ्राइडे रिलीज ‘झोला’ ‘मोक्ष’ र ‘मुटु’


Nepali-Movie-Mokshyaग्ल्यामर नेपाल, काठमाडौँ। शुक्रबारबाट तिन नयाँ चलचित्र ‘मोक्ष’ ‘झोला’ र ‘मुटु’ सार्वजनिक प्रदर्शनमा आउने भएका छन् । यी तीनै चलचित्र देशभरका स्टेशनबाट एकैसाथ ब्यबसाहिक प्रर्दशनका लागी भिड्न लागेका हुन्। ‘झोल’ यादव भट्टराईको निर्देशनमा बनेको चलचित्र हो भने ‘मोक्ष’का निर्देशक प्रबिण श्रेष्ठ रहेका छन् । त्यस्तै ‘ मुटु ‘ एभरेष्ट सुर्य बोहोराको निर्देशनमा बनेको चलचित्र हो। मोक्ष बितारक तथा निर्माता सुनिल मानन्धरको निर्माणमा बनेको चलचित्र हो। केही समय पहिले गरिएको बिषेश प्रर्दशनसोमा यसचलचित्रले सबैको प्रसंसा पाएको थियो।

निर्देशक प्रविण श्रेष्ठकै बास्तबिक घटनामा आधारीत यो चलचित्रको बिषय बस्तु ‘यो एउटा सत्य दुखद दुर्घटनामा आधारित रहेको बताइएको छ।बेनिशा हमाल, कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्रले स्पाइनल कर्ड भएपछि संघर्षशिल जीवन बाचेको एक गायकको कथालाई प्रस्तुत गर्न खोजेको छ। चलचित्रमा कोशिस र बेनिशाका अलवा विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठ आदीको पनि अभिनय छ।

nepali-movie-mutuत्यस्तै मुटु अमेरिका, ऑस्ट्रेलिया, युरोप तथा अन्य मुलुकमा प्रदर्शन भइसकेको चलचित्र हो। सूर्य बोहोराकै निर्माणमा बनेको यस चलचित्रले बिदेशमा दर्शकको राम्रो साथ पाएले याहा पनि दर्शकले साथ दिने विश्वास निर्देशकले लिएका छन्। चलचित्रको प्रर्दशन र प्रचारप्रसारमा केही साता पहिले अमेरीकाबाट नेपाल आइका बोहोर चलचित्र ‘मुटु’ रुपमा पूर्ण प्रेमकथामा आधारित रहेको बताउछन्। कयौ म्युजिक भिडीयोमा सफल जोडिका रुपमा स्थापित कलाकार केकी अधिकारी र विमलेश अधिकारीले ‘मुटु’मा मुख्य भूमिका निर्वाह गरेका छन्। चलचित्रमा दुई अधिकारी जोडीको साथमा मुकेश आचार्य र बालकलाकार सुपि्रम शाहको पनि अभिनय छ।

‘अग्नि परिक्षा’ र ‘कान्छा’ उनले यसअगाडी बनाएको चलचित्र हो। निर्देशक बोहराकै लेखन रहेको ‘मुट’मा बसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, शेरबहादुर लामाको छायाँकन, गम्भिर बिष्ट र सुरेन्द्र शाहको करियोग्राफी तथा सूर्य थोकरको एक्सन छ।
Watch Photos Of Nepali Movie MUTU | Click On Image to View Large !

Nepali-Movie-Jholaचलचित्र ‘मुटु ‘ र ‘मोक्ष’संगै प्रर्दशनमा आएको अर्काे चलचित्र हो ‘झोला’। नेपाली समाजमा विगतमा प्रचलनमा रहेको सती प्रथालाई आफ्नो कथावस्तु बनाएर चलचित्र तयार भएको हो। चलचित्र उपत्यकासहित देशका ३० चलचित्र भवनमा एकसाथ प्रदर्शनमा आउदैछ। ‘झोला’ कृष्ण धरावासीको कथा हो। खासगरी परापुर्वकालमा बाहुन क्षेत्री जातिमा प्रचलनमा रहेको सती प्रथाको कारुणिक कथा चलचित्रमा जस्ताको तस्तै छ। गत महिनादेखि नै स्वदेश र विदेशमा बिभीन्न शो भएको यस चलचित्रलेे दर्शकको मन जित्ने अपेक्षा राखिएको छ।

‘नेपाली चलचित्रको इतिहासमा अति यथार्थवादी र ऐतिहासिक धारको प्रतिनिधित्व गर्न ‘झोला’लेनेपाली दर्शकसामु अलग्गै छाप बनाउने विश्वास आफुमा रहेको निदृेशक भट्टराइले बताए। उनले भने ‘बढीमा एकसय वर्षमात्र अघिको यो यथार्थको अहिलेका युवा पुस्ताले भने विश्वासै गर्न सक्दैनन्।’

चलचित्रमा गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, प्रल्हाद खतिवडा, गीता नेपाल, रामगोपाल तथा बाल कलाकारमा सुजल नेपाल को अभिनय छ । लेखक धरावासी र उहाँकी श्रीमती एवं कथाकार मञ्जु बिमली पनि अतिथि भुमिकामा देखिएका छन्। धादिङ, नुवाकोट र झापामा आदी स्थानमा छायांकन गरिएको यस चलचित्र रामगोपाल थापा, राज तिमिल्सिना, मालती शाह र सुशील शाहले निर्माणमा तयार भएको हो।

Click Here TO Watch Making of Nepali Movie – JHOLA
Watch Photos of Nepali Movie – JHOLA | Click On Image To view Large !

SUBSCRIBE 👉