मिठो पिरती खोज्दै पुजा–सुदर्शन


Sudarshan-Poojaग्ल्यामर नेपाल, काठमाडौ ।
फागुन १५ गते देशव्यापी रिलिज हुन लागेको फिल्म ‘अझै पनि’को चौथो गीत सार्वजनिक भएको छ । दीपक लिम्बु र साहिमा श्रेष्ठको स्वर रहेको ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माले फिचरिङ गरेका छन् ।

गीतमा डा.कृष्णहरि बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । फिल्मका निर्देशक स्वर्गीय आलोक नेम्बाङ हुन् । यो नै उनीद्वारा निर्देशित अन्तिम फिल्म हो ।

सामाजिक प्रेम कहानीमा आधारित फिल्म सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गरेको अभिनेता थापाले जनाए ।

फिल्ममा सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुंगाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको पनि अभिनय छ ।

SUBSCRIBE 👉