सुधार केन्द्रबाट फर्के हनी सिंह


yo-yo-honey-singh-death-newsचार बोतल वोदका र दिन है सनी सनी जस्ता गीतबाट चर्चित बनेका भारतीय र्यापर हनी सिंह सुधार केन्द्रबाट बाहिर निस्किएका छन् । समाचार अनुसार हनी पछिल्लो केही समयदेखि मदिराको लत(एल्कोहलिज्म)बाट पीडित थिए र त्यसबाट मुक्त हुन उनी सुधार केन्द्र गएका थिए ।

विदेशी स्टेजमा चर्चित बनिरहेका हनी सिंहलाई विदेशबाट बारम्बार कार्यक्रमका लागि अफर आउन थालेपछि रिसले उनले रक्सीको बोतल आफ्नै टाउकोमा हिर्काएका थिए । टाउकोबाट रगत निकै बग्न थालेपछि उनलाई अस्पताल नै भर्ना गर्नु परेको थियो ।

आफ्नो रिस र खराब लतलाई नियन्त्रण गर्न उनी आफै सुधार केन्द्र गएका थिए । उनले सुधार गृहमा करिब तीन महिना बिताएका थिए ।

SUBSCRIBE 👉