ओस्कारमा बर्डमेन र द ग्राण्ड बुडापेष्ट होटलको भिडन्त


Birdman-Movie७२ औं संस्करणको गोल्डेन ग्लो अवार्डस् पछि हलिउड फिल्मको ध्यान अब ओस्कार तिर मोडिएको छ । विश्वकै प्रतिष्ठित अवार्डको ८७ औं संस्करणका लागि मनोनयनको सूची सार्वजनिक भएको छ । सूची अनुसार फिल्म ‘बर्डमेन’ र ‘द ग्राण्ड बुडापेष्ट होटल’ सर्वाधिक नौ–नौ विधाको मनोनयनमा परेका छन् ।

‘द ग्राण्ड बुडापेष्ट होटेल’ अवार्डको वेष्ट पिक्चर, वेष्ट सिनेम्याटोग्राफी, बेष्ट डाइरेक्टर, बेष्ट मेकअप, बेष्ट ओरिजिनल स्कोर, बेष्ट कष्ट्युम डिजाइन, बेष्ट फिल्म एडिटिङ र बेष्ट प्रोडक्सन डिजाइन विधाको मनोनयनमा परेको छ । अर्को फिल्म ‘बर्डमेन’ चाहिँ बेष्ट पिक्चर, एक्टर, सर्पोटिङ एक्टर, सर्पोटिङ एक्ट्रेस, सिनेमाटोग्राफी, डाइरेक्टर र साउण्ड मिक्सिङको मनोनयनमा परेको छ ।

गोल्डेन ग्लोब अर्डामा बेष्ट ड्रामा फिल्मको अवार्ड जित्ने फिल्म ‘बोयहुड’ ओस्कारको बेष्ट फिल्म, सर्पोटिङ एक्टर, सर्पोटिङ एक्ट्रेस, डायरेक्टर र फिल्म एडिटिङको विधामा मनोनित भएको छ । बेष्ट फिल्मको मनोनयनमा पर्ने बाँकी पाँच फिल्ममा अमेरिकन स्नाइपर, द इमिटेशन गेम, सेलमा, द थिअरी अफ एवरीथिंग र विप्लेश छन् । अवार्ड वितरण फेब्रुअरीमा हुँदैछ ।

SUBSCRIBE 👉