एस्तो रह्यो अभिनेत्री नम्रता श्रेष्ठ को २०१४


अभिनेत्री नम्रता श्रेष्ठले यो वर्ष अनेकन नौला कार्य गरिन्। त्यसमा कतिपय जीवनमै पहिलो पटक भएका थिए। पोखरा र काठमाडौंमा सम्पन्न ओपन कन्सर्टमा नाम कहलिएका र्‍याप गायकहरूसँग गीत गाउनु, नाटकको केन्द्रीय भूमिकामा तीन सातासम्म अनवरत अभिनय गर्नु, चलचित्रका लागि पाश्र्वगायन गर्नु, चलचित्रमा आइटम डान्स गर्नु तथा चलचित्र निर्मात्री हुनुले उनका लागि यो वर्ष सफल बनाएको छ। यी सबै कार्य यही वर्ष सम्पन्न गर्न पाउँदा आफू उत्साहित भएको बताउँदै नम्रता भन्छिन्- ‘अझै पनि यही क्षेत्रमा नौला कार्यहरू गर्ने धीत मरेको छैन।’

Namrata Shrestha | Photo: Mahesh Pradhan / Kantipur Saptahik

Namrata Shrestha | Photo: Mahesh Pradhan / Kantipur Saptahik

नम्रता चलचित्र निर्मात्री भएको कसैलाई सुइँकोसम्म थिएन। जबकि निर्देशक प्रशान्त रसाइलीलाई निर्देशनको जिम्मा दिएर उनले सिक्किममा त्यसको छायांकनसमेत सम्पन्न गरिसकेकी थिइन्। ‘निर्माणकै क्रममा किन हल्ला गर्ने भन्ने लागेर खुसुक्क काम सक्ने निधो गरेका थियौ,’ – नम्रताले भनिन्। नम्रताको चलचित्र ‘सोल सिस्टर’ देशभरका मल्टिप्लेक्सहरूमा चलिरहेको छ।

CLICK HERE TO WATCH NAMRATA SHRESTHA PHOTOS AND VIDEOS

नम्रताले अभिनय गरेका पछिल्ला चलचित्रले आशातीत व्यापार भने गर्न सकेका छैनन्, तर पनि नम्रताको चर्चा भने निकै छ। उनी अब एकपछि अर्को चलचित्रमा नायिकाका रूपमा देखा पर्दैछिन्। ‘आफ्नै ब्यानर हाइलिहाई इन्टरटेन्मेन्टबाट पनि चलचित्र निर्माण गरिरहने धोको छ,’ – नम्रताले भनिन्। प्रेम र विवाहको प्रसंगमा उनले कुनै बेला राजेश हमालले दिने शैलीको जवाफ दिइन्- ‘समय आएपछि हुन्छ होला। मेरो अहिलेकोे समय चलचित्र बनाउने र चलचित्रमा काम गर्ने हो।’
– सुव्रत आचार्य / तस्बिर: महेश प्रधान
– कान्तिपुर साप्ताहिक बाट

SUBSCRIBE 👉