अभिनेत्रीले शुरुवात गरे क्रिसाज कलेक्सन


Actress-Groupग्ल्यामर नेपाल, काठमाडौ ।
राजधानीको चाबहिलस्थित केएल टावरमा शनिवारदेखि क्रिसाज कलेक्सन सञ्चालनमा आएको छ । अभिनेत्रीहरु झरना थापा, गरिमा पन्त र नीता ढुंगानाले संयुक्त रुपमा रिबन काटेर कलेक्सनको उद्घाटन गरे ।

कृष्ण दाहाल र सरोज महर्जनले संयुक्त रुपमा सञ्चालन गरेको कलेक्सन शो रुममा भारतीय ब्राण्डका सारी, कुर्ता सुरुवाल र लेहेंगा पाईन्छन् । दाहालका अनुसार अब चाँडै नै यसको शो रुम राजधानीमा रहेका विभिन्न भाटभटेनी सुपरमार्केटमा विस्तार गरिनेछ ।

उद्घाटन पछि अभिनेत्रीहरुले पसलको अवलोकन गर्दै त्यहाँ रहेका कपडाहरु आफुलाई राम्रो लागेको बताएका थिए ।

SUBSCRIBE 👉