अल्लारे जोवनको पछि लागे सागर


Video-Newsग्ल्यामर नेपाल, काठमाडौ ।
सानै देखीको अभिनय रहरलाई मनमा पालेका सागर तामाङ अहिले अभिनयमा छलाङ् मार्ने सुरमा छन् । प्रवासमा रहेर पनि उनले नेपाली कला क्षेत्रलाई अगाडी बढाईरहेका छन् । यसै क्रममा उनले अभिनय गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।

अमेरिकाको टेक्सासमा रहेर फिल्म सम्बन्धी अध्ययन गरिरहेका तामाङले यसअघि ‘बुद्ध वाज बर्न इन नेपाल’ सहितका केहि लघु फिल्ममा अभिनय गरिसकेका छन् । उनको उद्देश्य नेपाली फिल्म तथा संगीत क्षेत्रमा आफुले टेवा पु¥याउनु रहेको बताउँछन् ।

झापामा जन्मे–हुर्केका सागरले अभिनय गरेको भिडियोमा उनलाई लक्ष्मी बस्नेतले साथ दिएकी छिन् । रमेश क्षेत्रीको स्वर तथा संगीत रहेको यस गीतलाई बिशाल गुरुङ र छिरिङ् तामाङले लेखेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन मुक्ति उप्रेतीले गरेका छन् ।

SUBSCRIBE 👉