मिष्टर नेपालमा राजधानीका ९ युवा छनौट


Contestent-of-Mr-Nepalग्ल्यामर नेपाल, काठमाडौ ।
फागुनको अन्तिम साता आयोजना हुने ‘वल्र्ड टच मिस्टर नेपाल २०१५’को लागि राजधानीबाट ९ युवा छनौट भएका छन् । बुधबार राजधानीमा सम्पन्न पहिलो काठमाडौ अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । ३५ देखि ४० प्रतियोगीबिच अन्तिम स्पर्धा हुने प्रतियोगीताको अन्य प्रतियोगी पोखरा, विराटनगर, चितवन, धरान लगायतको अडिसनबाट छिट्टै छानिने आयोजक एक्सपोज नेपाल डटकमका प्रबन्ध निर्देशक दिनेश शाहीले बताए ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्य रहेको यो प्रतियोगीताले युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकाशमा मद्दत पुग्ने कोरियोग्राफर चाँदनी लामिछानेले जानकारी दिइन् । चाँदनी मिष्टर नेपालको नियमित कोरियोग्राफर हुन् । १८ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगितामा १६ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

हालसम्म रोहित थेबे, जीवन लुईटेल, गौतम सुवेदी, उज्वोल कार्की ,सुमेश घिमिरे ,डा. आयुस्मान घिमिरे, सुरेश गौली, सुरज चिलुवाल लगायतले यो उपाधि जितिसकेका छन् ।

SUBSCRIBE 👉