पुनर्जन्ममा आर्यनको यस्तो रुप


ग्ल्यामर नेपाल, काठमाडौं ।
लभरब्वाई हुँदै फिल्ममा एक्सन स्टारका रुपमा आफुलाई प्रस्तुत गर्दै आएका अभिनेता आर्यन सिग्देललाई दर्शकले अलिक भिन्न भूमिकामा फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । गोपीकृष्ण मुभिजको व्यानरमा बन्दै गरेको फिल्म ‘होमवर्क’मा वृद्ध विद्यार्थीसँगै दोहोरो भूमिकामा व्यस्त आर्यनलाई फागुन २२ गतेबाट रिलिज हुने फिल्म ‘पुनर्जन्म’मा अलिक भिन्न रुपमा देख्न पाइने भएको छ ।

Aaryan-Sigdelयो फिल्ममा उनी आर्मी रुपमा देखिँदैछन् । तर फिल्म युनिटले हालै सार्वजनिक गरेको एक तस्वीरमा उनी कर्मकाण्डमा व्यस्त देखिन्छन् । तस्वीरमा आर्यनलाई कपाल र दाह«ी काटेर पुजापाठमा सक्रिय भएको हेर्न सकिन्छ । सत्य घटनामा आधारित भनिएको फिल्मले मनोरञ्जनसँगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहनकृष्ण श्रेष्ठसंगै भद्रबहादुर शाहीको पनि लगानी रहेको छ । एमके इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्मित यस फिल्मको सम्पादन र निर्देशन सजन श्रेष्ठले गरेका हुन् ।

Punarjanma-Aryanफिल्ममा केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठलगायतको अभिनय रहेको फिल्मका सुदर्शन श्रेष्ठ हुन् । शिव ढकाल र नवराजकृष्ण थापाले संयुक्त रुपमा खिचेको यस फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

SUBSCRIBE 👉