तेलेगु कमेडियन नारायण रहेनन्


MS-Naryanतेलेगु फिल्मका प्रख्यात कमेडियन एमएस नारायणाको ६३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनले करिब ७ सय ५० बढी फिल्ममा अभिनय गरेका थिए । पारिवारिक श्रोतका अनुसार दुवै मृगौलामा समस्या आएपछि उनको निधन भएको हो । उनको अन्तिम संस्कार शनिवार गरिनेछ । उनी कृष्णा इनिष्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत थिए ।

तेलेगु फिल्मका एक निर्माता सी कल्याणले उनको निधनमा शोक व्यक्त गर्दै आफुहरुले एक कुशल कलाकार गुमाएको प्रतिक्रिया दिएका छन् । परिवारले उनलाई मलेरियाको शंकामा अस्पताल भर्ना गरे पनि अस्पतालले उनको दुवै मृगौला खराब भएको रिर्पोट बाहिर ल्याएको थियो । डाक्टरले विहिबार उनको डायलिस गरेर दुवै मृगौला खराब भएको जनाएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

फिल्ममा लेखकका रुपमा छिरेका उनी अभिनित फिल्म ‘इन्द्र’, ‘सोन्तम’, ‘डोकुडु’ र ‘शिवमणी’ हिट फिल्ममा पर्दछन् । उनले ‘अलेक्जेण्डर’ नामक फिल्म लेखेका थिए भने ‘भजनत्रिलु’ र ‘कोडुकु’ नामक फिल्मको निर्देशन पनि गरेका थिए । उनको परिवारमा श्रीमति र छोरी शशीकिरण तथा विक्रम छोरा छन् ।

SUBSCRIBE 👉