गौतम बने नयाँ बिग बोस


Gautam-Guhatiभारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन्। आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन्। बिजयी गौतम गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय रु ५० लाख र बिग बोस पदक हात पारेका छन्।

झन्डै १ सय ३० दिन भन्दा बढी चलेको बिग बोस टिभी सोको अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्द्धी गौतम गुलाटी, करिस्मा तन्ना र प्रितम सिंह लाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो। प्रितम सिंहले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे। अन्तत: करिस्मा तन्नालाई भारी मतको फरकले बिग बोस ८ को गौतम गुलाटीले जित्न सफल भए।

प्रितम सिंहले पैसा लिए पछि करिस्मा तन्ना प्रथम उप बिजेता भईन। टप फाइभमा अलि कुली मिर्जा र डीम्पि महाजनले क्रमश चौथो र पाचौ स्थान प्राप्त गरे। अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै बिग बोसको ईतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्न पुगेका छन्।

SUBSCRIBE 👉