शानले बनाए म्युजिक भिडियो


Music-Videoग्ल्यामर नेपाल, काठमाडौं
फिल्म क्षेत्रमा पब्लिसिटी डिजाईनरका रुपमा नाम कमाएका शान थापाले डेब्यु निर्देशन गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मलाई’ बोलको गीतमा सुगम नेम्वाङ्, चाँदनी राई र सागर थापाले फिचरिङ गरेका छन् ।

युथ क्रियशनले बजारमा ल्याएको भिडियोमा हरि न्यौपानेको छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो युवा केन्द्रित बनेको निर्देशक थापाले बताए । गीतमा रविना थापा मगरको शब्द तथा संगीतमा गायक बादल लिम्बु तथा गायिका रविना थापा मगरको स्वर रहेको छ ।

SUBSCRIBE 👉