फिल्मकर्मीको जम्बो टोली रोल्पामा


ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्मको निर्देशनदेखि विविध पक्षमा छलफल गर्न फिल्मकर्मीको एक जम्बो टोली बिहीबार बिहान रोल्पा गएको छ। एमाओवादी निकट अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा रोल्पाको लिवाङमा हुन गईरहेको ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला’मा सहभागिता जनाउन उनीहरु रोल्पा गएका हुन्।

film workshopसंघका अध्यक्ष केपी पाठकका अनुसार कार्यशालामा ५५ जना चलचित्र कर्मी सहभागी भएका छन्। कार्यशालामा प्रशिक्षकको भूमिका निर्वाह गर्न नेपाल आएका भारतीय निर्देशक शेखर दास, छाायाकार सनी जोसेफ र इजिप्टकी फिल्म समिक्षक तथा निर्देशक सफा एआइसीलाई संघले बुधबार राजधानीमा स्वागत गर्दै मानार्थ सदस्य समेत दिएको छ।

SUBSCRIBE 👉