रोल्पामा “अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला -२०१५” को उद्घाटन


ग्ल्यामर नेपाल, रोल्पा ।
अखिन नेपाल चलचित्रकर्मी संघको आयोजनामा पश्चिम नेपालको रोल्पा जिल्लाको सदरमुकाम लिवाङ्गमा “अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला -२०१५” को औपचारिक उद्घाटन भएको छ। शुक्रवार रोल्पा जिल्ला क्षेत्र नं १ का सभासद तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले चलचित्र कै शैलीमा ‘एक्शन र कट’ भन्दै क्ल्याप हान्दै कार्यशालाको उद्घाटन गरे।

film-workshop-rolpa-1उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी बनेका सभासद महराले नेपाली चलचित्रको स्तर बृद्धीको लागी आफ्नो स्तरबाट जुनकुनै प्रयासकदमीको लागी तयार भएको भन्दै त्यसको लागी आवश्यक छलफल गरेर अघी बढ्नुपर्ने र सम्बन्धित मुद्धामासमपुर्ण चलचित्रकर्मी एक हुनुपर्ने धारणा राखे । साथै उनले रोल्पा जिल्लामा पनि चलचित्रमा समेटिन सक्ने थुप्रै सम्भावना बोकेका स्थलहरु रहेकोले त्यसको पहिचान गरी फिल्मी सिटीको रुपमा रोल्पालाई स्थापित गर्न यो कार्यशालाले नेतृत्व लिने विश्वास समेत व्यक्त गरे।

film-workshop-rolpa-2नेपाली चलचित्र उद्योगको आफ्नै परिचय र पहिचान स्थापित गर्नको लागी नेपाली चलचित्रको नयाँ आन्दोलनको रुपमा लिईएको आफ्नो अभियान स्वरुप नै यो कार्यशालाको आयोजना भएको संघका अध्यक्ष केपी पाठकले बताए । नौ दिनसम्म चल्ने कार्यशालामा चलचित्रका विभिन्न विधामा सक्रिय ६० बढी चलचित्रकर्मीहरु सहभागी छन् । जहाँ भारतबाट आएका दुई चलचित्र विज्ञ सेखर दास र भारतिय सिनेमाटोग्राफर एसोशियसनका महासचिव समेत रहेका निर्देशक, सिनेमाटोग्राफर सन्नी जोसेफ तथा ईजिप्टबाट आएकी सिनेमा समिक्षक, लेखक, एडिटर सफा एलाईसी हगागले प्रशिक्षण दिनेछन्।

कार्यक्रमको उद्धाटन सत्रमा स्थानित संस्कृतीसहित माला र अविरले सहभागी तथा अतिथीहरुलाई स्वागत गरिएको थियो। यसैबीच उद्घाटन सत्रमा चलचित्र लेखक तथा प्रशिक्षक ओमप्रतिक र कुलान्नद गिरी लाई रोल्पाको स्थानित संस्कृती उत्थान र कला क्षेत्रलाई उच्च स्थानमा पुर्याउनमा गरेको सहयोगको कदर गर्दै सम्मान गरियो।

SUBSCRIBE 👉