मलालाको कथा फिल्ममा आउँदै


Malala-Yusufनोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी छात्रा मलाला यूसुफजईको जीवनका बारेमा बलिउडमा फिल्म बन्ने भएको छ । निर्देशक अमजद खानले फिल्मको तयारी गरिरहँदा उनी अहिले मलालाको जस्तै रुप भएकी पात्रको खोजीमा जुटेका छन् ।

उनले फिल्मका लागि एक बंगलादेशी युवती फातिमा शेखलाई फेला पारे पनि पछि ती युवतीलाई ज्यानको धम्की आएपछि अमजदले उनलाई लिएनन् । ‘फातिमालाई अज्ञात व्यक्तिले उनको घरमा आक्रमण गर्ने धम्की दिएपछि ढाकाका गभर्नरले उक्त फिल्मबाट फातिमालाई हटाउन आग्रह गरेपछि मैले उनलाई राखिन ।’ निर्देशक अमजदले भनेका छन् । उनका अनुसार उनले कलकत्तामा बंगाली मूलकी अर्की केटी भेटेका छन् जसका बारेमा उनले केही बताउन चाहेनन् ।

उनका अनुसार फिल्मको ४५ प्रतिशत छायांकन भुजमा भईसकेको छ भने बाँकी सुटिङ मार्चको अन्तिम तिर गरिनेछ । फिल्मको सुटिङ मनालीमा सकिनेछ । फिल्मका लागि मलालाका पिता जियाउद्धीनले स्वीकृति दिईसकेका छन् । जसमा ओम पुरीले आर्मी अफिसर्सको भूमिका निभाउँदैछन् ।

SUBSCRIBE 👉