काठमाडौँ । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘वान वे’ ले बुधबार बिशेष सो को आयोजना गरेको छ। राजधानीको सिटिसी मलस्थित सिने द चेफ क्याफेमा आयोजित विशेष कार्यक्रममा बिशेष अतिथिहरु, फिल्मीकर्मिहरुका साथै पत्रकारहरु विच फिल्म देखाइएको हो।
फिल्म हेर्नका लागि फिल्मकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्मका निर्माता राजकुमार राईले फिल्म मनपराईदिनेमा आशा व्यक्त गरेका थिए भने फिल्मका कलाकारहरुले आफ्नो फिल्मी अनुभव सुनाएका थिए । फिल्म हेरेपछि फिल्मकर्मी तथा पत्रकारहरुले मिश्रित प्रतिक्रिया दिएका थिए ।
आरसी पिक्चर्सको व्यानरमा राजकुमार राईले निर्माण गरेको फिल्मका निर्देशक सुरज सुब्बा नाल्बो हुन् । राजीव गुरुङ निर्माता रहेको फिल्ममा सिद्धार्थ गुरुङ, माला लिम्बु, करिश्मा मानन्धर, रविन तामाङ, विल्सनविक्रम राई, आकाश खवासलगायतको अभिनय छ । फिल्ममा विपिन मल्लको सम्पादन, डा. प्रदिप भट्टराईको लेखन र हरि घले लामाको छायांकन रहेको छ ।