चार नायिकासँग वरुणको बेड सिन


Varun-Dhawanअहिलेसम्म रोमान्टिक हिरोको छवि बनाएका बलिउड अभिनेता बरुण धवनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बदलापुर’मा चार नायिकासँग बेड सिन दिएका छन् । रिसाहा पात्रको भूमिकामा फिल्ममा देखिन लागेका वरुणले फिल्मका अभिनेत्रीहरु यामी गौतम, हुमा कुरैशी, दिव्या दत्त र राधिका आप्टेसँग बेड सिन दिएका छन् ।

फिल्मका निर्माता दिनेश विजानका अनुसार फिल्ममा वरुणलाई भिन्न रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा उनले रघु पात्रको भूमिकामा छन् । आगामी फेब्रुअरी २० मा रिलिज हुन लागेको फिल्मलाई भारतीय सेन्सर बोर्डले ‘ए’ सर्टिफिकेट दिईसकेको छ ।

SUBSCRIBE 👉