गागाले गरिन इन्गेजमेन्ट


Lady-Gagaपपस्टार लेडी गागाले इन्गेजमेन्ट गरेकी छन् । उनले अभिनेता किन्नेसँग आफुले इन्गेजमेन्ट गरेको बताएकी छन् । उनका अनुसार अब उनीहरु चाँडै नै वैवाहिक जीवनमा बाँधिदैछन् ।

अनौठा किसिमका कपडा लगाएर विश्व चर्चित बनेकी सुपरस्टार गागाले आफ्नो आमाको वेडिङ ड्रेस लगाएर विवाह गर्ने बताएकी छन् । उनले इन्गेजमेन्टको फोटो इनस्टाग्राममा राखेकी छन् । तस्वीरमा उनको हातको औलामा औठी देखिन्छ । मुटु आकारको औठी आफुलाई किन्नेले दिएको उनले उल्लेख गरेकी छन् ।

गागाको किन्नेसँग ‘यु एण्ड मी’को सुटिङका बेला भेट भएको थियो । उनीहरु विगत पाँच वर्षदेखि डेटिङमा थिए ।

SUBSCRIBE 👉