आर्यनको “होम वर्क” सकियो


काठमाडौँ । चलचित्र “होम वर्क”को छायाँकन सकिएको छ। निरक पौडेलको निर्देशनमा बनेको चलचित्र होमवर्कको मंगलबार इण्डक्ल्याप गरिएको छ। सही होमवर्क गरेमा मात्र आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने भनाईका साथ निर्माण गरिएको होमवर्कमा आर्यन सिग्देल दोहोरो भूमिकामा देखिएका छन् भने गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा, जिपी तिमिल्सना लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ।
aryan sigdelचलचित्रमा नायक आर्यन बृद्धको गेटअपमा समेत प्रस्तुत भएका छन्। उनको बृद्ध गेट अप अनि चलचित्र भित्रका उनका क्रियाकलापहरु चलचित्रको घोषणा सँगै निकै चर्चामा आए। धेरैले उनको फरक गेटअपलाई छायाँकन समयमा नै नविन भनि पतिक्रिया दिएका छन्।

होम वर्कको अधिकांश छायाँकन सेट लगाएरै गरिएको छ। बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा होम वर्कका लागि भिन्न भिन्न सेट लगाइएको थियो। काठमाडौँ, पोखरा, नारायणघाट लगायतका विभिन्न स्थानमा पनि सेटको प्रयोग गरेर नै फिल्मको छायाँकन गरिएको थियो।

सेट लगाउादा बजेट केही बढ्न सक्ने भए पनि त्यसले गुणस्तरिय सिनेमा निर्माणमा अर्थ राख्ने भएकोले यसो गरिएको निर्माण संस्थाले जनाएको छ। निर्देशक निरक पौडेल चलचित्र आफ्नाो कडा होमवर्ककको प्रतिफल भएको बताउाछन्।

आफै निर्माता रहेका निरक बजेट कटौतिको नाममा छायाँकनको क्रममा सम्झौता त गरेका छैनन् भन्ने प्रश्न उठ्नु स्वभाविक छ। तर निरक आफुले छायांकन सेटमा आफु भित्रको निर्मातालाई हटाएर निर्देशक मात्र राखेकोले त्यसो नभएको बताउाछन्।

गोपीकृष्ण मुभिजको व्यानरमा उद्धव पौडेलको प्रस्तुति रहने होम वर्कलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले निर्माण गरेका हुन। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने शिवम अधिकारीले होमवर्क लेखेका हुन।

SUBSCRIBE 👉