फिल्ममा सलमानको वास्तविक कथा


salman-khan-being-human-in-nepalबलिउडका सुपरस्टार सलमान खान संलग्न कालो हरिण शिकार काण्डलाई अब दर्शकले फिल्ममा हेर्न पाउने भएका छन् । यही कथामा सलमानको प्रमुख भूमिका हुने फिल्म ‘कैदी नम्बर २१०’को गत सोमबार फिल्मीस्तान स्टुडियोमा मुहुर्त गरिएको छ ।

फिल्ममा प्रकाश झाको निर्देशन रहनेछ । फिल्ममा नवनायक उस्मान खानको पनि अभिनय रहनेछ । फिल्ममा जोधपुर जेल, बैरक, सलमानले शिकारमा प्रयोग गरेको गाडी र ड्राइभर हरीश धुलानीको पनि प्रस्तुति रहनेछ ।

प्रकाशका अनुसार मुम्बईबाट सुटिङ शुरु हुने फिल्म जोधपुरमा पुगेर सकिनेछ । रमाइलो कुरा के छ भने यही मुद्धामा अदालती झमेल व्यहोरीरहेका सलमानको बारेमा अन्तिम फैसला २५ फेब्रुअरीमा आउँदैछ ।

SUBSCRIBE 👉