समलिंगी बने राजपाल


Rajpal-Yadavबलिउडका चर्चित कमेडियन राजपाल यादवले फैसल सेफको आगामी फिल्म ‘अम्मा’मा भिलेनको भूमिका निभाएका छन् । समाचार अनुसार उनी उक्त फिल्ममा समलिंगीको भूमिका पनि देखिँदैछन् ।

फिल्म ‘भोपाल ए प्रेयर फर रेन’मा एक रिक्सा चालकको भूमिका निर्वाह गरेका राजपालले समलिंगीको भूमिकामा अभिनय गर्न आफु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

राजपालले ट्वीटरमा आफु नयाँ भूमिकामा काम गर्न उत्साहित रहेको बताएका छन् । रागिनी द्विवेदीको समेत अभिनय रहेको फिल्म हिन्दी, कन्नड, तेलगु, तमिल र मलायम भाषामा बनाइएको छ । यसको रिलिज डेट तोकिएको छैन ।

SUBSCRIBE 👉