क्रिकेटर युवराजसँगको अफेयर सम्बन्धमा प्रितीको खण्डन


हालै मिडियामा क्रिकेटर युवराज सिंह र बलिउड नायिका प्रिती जिण्टाबीच अफेयर चलेको खबर सार्वजनिक भएको थियो। यो खबर प्रति रोश व्यक्त गर्दै प्रितीले ट्वीटरमा त्यसको प्रतिक्रिया जनाएकी छन् । ‘प्यारा मिडिया(खास गरी इन्टरनेशनल बिजिनेस टाइम्स) तपाईलाई कतिपटक भन्नुपर्छ कि मैले युवराज सिंहसँग कहिल्यै डेट गरेको छैन र डेट गर्ने मनशाय पनि छैन ।’ उनले ट्वीटरमा पोस्ट गरेकी छन्।
preeti-zinta
उनले आफ्नो कार्य क्षेत्रमा यस प्रकारको प्रतिक्रियालाई घटियापनको रुपमा उल्लेख हुने उनले बताएकी छन्। समाचार अनुसार युवराज प्रीतिको आइपिएल टीम किंग्स् पञ्जाबका कप्तान थिए । यही बेलादेखि नै उनीहरु एकापसमा नजिकिएका थिए।

SUBSCRIBE 👉