अभिनयबाट सन्यास नलिने मनिषाको योजना


manisha-koiralaबलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफ्नो झुकाव अध्यात्म तिर भए पनि अभिनयबाट सन्यास लिने योजना नरहेको बताएकी छन् । ‘दिल से’ नायिका ४४ वर्षीया मनिषालाई हालै गेरु बस्त्रमा देखिएको थियो । उनले अहिले सन्यासी जीवन बिताउन निकै मुस्किल रहेको बताईन् ।

‘मलाई साधु र साधुनीको संगतमा रहने ठूलो अवसर मिल्यो, तर म उनीहरु जस्तै बन्ने चाहिँ छैन,’मनिषाले फेसबुकमा लेखेकी छन्, ‘म आभारी छु कि पाइलट बाबाले मलाई महामृत्युंजय हवनका लागि आमन्त्रित गरे ।’

मनिषा पछिल्लो समय रामगोपाल वर्माको फिल्म ‘भूत रिटर्नस’मा देखिएकी थिईन् । क्यान्सर रोगबाट मुक्ति मिलेपछि उनी क्यान्सरका बारेमा चेतना बढाउने काममा पनि सक्रिय छिन् ।

SUBSCRIBE 👉