बर्डमेनलाई उत्कृष्ठ फिल्मसहित चार ओस्कार अवार्ड


Winner-Photoअमेरिकाको लसएञ्जल्समा आइतबार बेलुका आयोजित ८७ औं संस्करणको ओस्कार एकेडेमी अवार्डमा हलिउड फिल्म ‘बर्डमेन’ले उत्कृष्ठ फिल्मसहित ४ विधाको अवार्ड जितेको छ । फिल्मका लागि मेक्सिकन फिल्म निर्देशक अलिजेन्ड्रो गोञ्जालेज इनारितुले ‘बेष्ट डाइरेक्टिङ’, अलिजेन्ड्रो गोञ्जालेज इनारित, निकोलस जिआकोबोन, अलेक्जेन्डर डिनेलारिस जुनियर, अर्मान्दो बोले ‘ओरिजिनल स्क्रिनप्ले’ र इमानुएल लिबेज्कीले ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड चुमेका हुन् ।

त्यस्तै फिल्म ‘द ग्राण्ड बुडापेष्ट होटल’ले पनि चार विधामा अवार्ड जितेको छ । यो फिल्मले ‘ओरिजिनल स्कोर’, ‘प्रोडक्सन डिजाइन’, ‘मेकअप एण्ड हेयरस्टाइलिङ’को अवार्ड पाएको छ भने मिलिना कोनारियोले पनि यसै फिल्मका लागि ‘कष्ट्युम डिजाइन’को अवार्ड पोल्टामा पारेकी छन् । यसैगरी फिल्म ‘ह्विप्लस’बाट जेके सिमोन्सले ‘बेष्ट सपोर्टिङ एक्टर’को अवार्डसँगै फिल्मले ‘एडिटिङ’ र ‘साउण्ड मिक्सिङ’को अवार्ड पनि जितेको छ । अभिनेता सिमोन्सले फिल्ममा संगीत संरक्षण गर्ने खरो किसिमको ड्रमिङ शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

Makeup-Hairstyleअभिनेता इडी रडमेनले ‘द थ्योरी अफ एभ्रिथिङ’का लागि ‘बेष्ट एक्टर’ र जुलियानी मोरले ‘स्टिल एलाइस’का लागि ‘बेष्ट एक्ट्रिस’को अवार्ड चुमेका छन् । अवार्ड पाएपछि अभिनेता रडमेनले फिल्मका को–स्टार फेलिसिटी जोन्स र निर्देशक जेम्स मार्सलाई धन्यवाद दिएका थिए भने ‘स्टिल एलाइस’मा अल्जाइमर रोगले ग्रस्त महिलाको भूमिकामा अभिनय गरेकी मोरले अल्जाइमरका बारेमा फिल्ममार्फत चेतना फैलाउन सकेकोमा खुशी व्यक्त गरिन् ।

फिल्म ‘ब्वाईहुड’का लागि पेट्रिका आक्र्वेटीले ‘बेष्ट सर्पोटिङ एक्ट्रिस’को अवार्ड पाईन् भने ‘द इमिनेसन गेम’का लागि ग्राहाम मोरले ‘एडप्टेड स्क्रिन प्ले’, ‘सेल्मा’का लागि ग्लोरीले ‘ओरिजिनल सङ’, ‘सिटिजन फोर(प्राक्सिस फिल्मस)’ले ‘डकुमेन्ट्री फिचर’, ‘बिग हिरो ६’ले ‘एनिमेटेड फिचर फिल्म’, ‘फिष्ट’ले ‘एनिमेटेड सर्ट फिल्म’, ‘इन्टरेष्टइलर’ले ‘भिजुअल इफेक्टस्’, ‘अमेरिकन स्निपर’ले ‘साउण्ड इडिटिङ’, ‘क्राइसिस हटलाईन ः भेटेरान्स प्रेस १’ले ‘डकुमेन्ट्री सर्ट सब्जेक्ट’, ‘द फोन कल’ले लाइभ एक्सन सर्ट फिल्म’ र ‘इडा(पोल्याण्ड’ले ‘फरेन ल्याङवेज सर्ट फिल्म’को अवार्ड चुमे । यस्तै ‘सिटिजन फोर’ले ‘बेष्ट डकुमेन्ट्री फिचर’को अवार्ड हात पा¥यो ।

लसएञ्जल्सको डल्बी थिएटरमा करिब ३३ सय दर्शकमाझ गरिएको भव्य अवार्ड समारोहमा लेडी गागा, निल पेट्रिकलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

SUBSCRIBE 👉