बुटबलमा प्रेमी धमाधम


Premi-Movieबुटवल । पश्चिम नेपालको बुटवलमा नयाँ फिल्म ‘प्रेमी’को सुटिङ सुरु भएको छ । फागुन १ मा मुहर्त भएसँगै फिल्मको सुटिङ सुरु भएको हो ।

विवेक थापाको कथा तथा निर्देशनमा बन्दै गरेको त्रिकोणात्मक प्रेमकथाको फिल्ममा कृष्णश्री काफ्ले र काशीनाथ पन्थीको लगानी छ । प्रेम र एक्शनपूर्ण फिल्ममा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाईं, ईन्द्रलाल खड्गी, रेश्मा केसी, काशीनाथ पन्थी, पशुपति नेपाल र सुरेन्द्र बरालको अभिनय रहनेछ ।

बुटवल, काठमाडौं, पोखरा र धरानमा सुटिङ हुने फिल्ममा निर्देशक विवेककै नृत्य हुनेछ । एक महिना छायांकनको तालिका रहेको फिल्ममा विकास चौधरीको संगीत, डेभिड शंकर र एनी श्रेष्ठको स्वर तथा मदन घिमिरे र दिनेश सुवेदीको शब्द रहेको छ। फिल्ममा गोपाल परियारको द्वन्द्व हुनेछ ।

SUBSCRIBE 👉