बार्सिलोनामा फिरिरि फेशन शो


यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बासिंलोनामा फेशन शोको आयोजना गरेको छ। आइतबार आयोजना गरिएको सो शो बार्सीलोनाका महत्वपूर्ण शो रहेको जनाइएको छ। स्पनिस फेशन डिजाइन मार रोडि्रजले तयार पारेको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन्। उक्त शोमा रातो, हरियो, कालो र क्यामेल रङ्का विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो।

firiri fashion show

FIRIRI Fashion Show in Barcelona

नेपाल नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशी मााझ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ। प्रदर्शनीमा प्रस्तुत गरिएका पोशाकहरु नेपालकै फेशन डिजाइनर विश्व गौतमले गरेका हुन्। काठमाडौँ र बार्सिलोनाको विभिन्न शो रुममा फिरिरिका उत्पादनहरु खरिद गर्न सकिनेछ।

फिरिरी फेशन सोका तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

फिरिरिका ब्राण्ड निर्देशक लाउरा रोवर्टकाअनुसार फशेन दुनियाामा फिरिरिका उत्पादन महत्वपूर्ण रहेको बताए। नेपालकै ढाका, भेडाको उःन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरी नै गर्न लागिएको बताइएको छ।

कम्पनीका प्रतिनिधि राजु थापाकाअनुसार नवीन ढाँचाका गुणस्तरयुक्त उत्पादन प्रस्तुत गरिएका कारण विश्व बजारमा नेपाली उत्पादनले बजार विस्तार गर्नेछ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने र बजार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको शो फेशन शो महत्वपूर्ण रहेको थापाले बताए।

SUBSCRIBE 👉