स्व. निर्देशक शिव रेग्मीको सम्झनामा पुरस्कार घोषणा


Manle-Manlaai-Chunchha-2ग्ल्यामर नेपाल, काठमाडौं । स्वर्गीय निर्देशक शिव रेग्मीको सम्झनामा ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’को स्थापना गरिएको छ। रेग्मी निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को निर्माण युनिटले मंगलबार एक कार्यक्रम आयोजना पुरस्कारको घोषणा गरेको हो छ। नेपाल चलचित्र निर्माता संघको रोहबरमा रहने उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । यसका लागि फिल्म निर्माण स्वरुप मिराकल मिडिया प्रालिले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । नेपाली फिल्म क्षेत्रमा राम्रो काम गर्ने स्पट ब्याई, निर्देशक, कलाकारदेखि फिल्म पत्रकार जो कोहीलाई प्रदान गरिने बताईएको छ।

कार्यक्रममा स्व. रेग्मीको अन्तिम फिल्म भएकाले आगामी चैत्र २८ गते ‘मनले मनलाई छुन्छ’ मात्र रिलिज गरिदिन आग्रह समेत गरिएको छ। व्यवहारिक र भावनात्मक पक्षलाई पहिलो प्राथमिकतामा राखेर फिल्म नजुधाईदिन नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले अनुरोध गरे। उक्त दिनमा अन्य दुई फिल्म ‘नाइ नभन्नु ल २’ र ‘आधी बाटो’ले रिलिज डेट फिक्स गरेका छन्। निर्देशक रेग्मीकी धर्मपत्नी ज्ञानुले पनि शिव रेग्मीको सम्मानका लागि फिल्म नजुधाइदिन आग्रह गरिन । पुरस्कार स्थापना गरिदिएकोमा उनले फिल्म निर्माण कम्पनीलाई धन्यवाद पनि दिइन्।

फिल्मकी मुख्य नायिका गरिमा पन्तले पनि ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट फिल्म भएको दाबी गरिन् । यता अभिनेता तथा निर्माता विरेन श्रेष्ठले मनैदेखि बनाएको पारिवारिक फिल्म हुनाले राम्रो बनेको जानकारी दिए। फिल्ममा विरेन र गरिमासहित सुमन सिंह, केशव भट्टराई, मिथिला शर्मा, सिर्जना बस्नेतलगाएतका कलाकारको अभिनय रहेको छ ।

SUBSCRIBE 👉