जन्मभूमिलाई सबैले हेर्न पाउने


Binod Shresthaकाठमाडौं । वैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जन्मभूमि’ ले सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । मंगलवार सेन्सर भइसके पछि फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण–पत्र दिएको हो ।

यसै फिल्मबाट निर्देशक मोहन निरौला १९ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् । ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्ममार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु ।’आफ्नै लेखन र अभिनयसमेत रहेको निर्देशक निरौलाले भने ।

राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्र्यी हस्तक्षेप एवं जनजीवनका विविध पक्षमाथि वकालत गर्ने फिल्ममा निश्मा घिमिरे, अनु शाह, विनोद श्रेष्ठ, जेविका कार्की, अग्रीम गिरी, ओम प्रतिक, केशव भट्टराई तथा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको पनि अभिनय रहेको छ ।

युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा सुरज गिरीको लगानी रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् भने फिल्मका कास्टिङ डिरेक्टर पनि शान्तिप्रिय नै हुन् । फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्ने जिम्मा लिएको छ ।

SUBSCRIBE 👉