भारतमा फिप्टी शेड्स अफ ग्रे प्रतिबन्ध


Fifty Shades of Grayवर्तमान समयमा अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुल्न सफल कामूक फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ भारतका सिनेमा घरमा नलाग्ने भएको छ । भारतीय फिल्म सेन्सर बोर्डले इएल जेम्सको चर्चित उपन्यासमा आधारित यस फिल्मलाई प्रदर्शनको इजाजत दिएन ।

बोर्डका मुख्य कार्यकारी अधिकृत श्रवण कुमारले फिल्मलाई किन रोक लगाईयो भन्ने विषयमा केही बताउन चाहेनन् । स्रोतका अनुसार युनिभर्सल पिक्चर्स, कोमकास्ट कोर्प युनिटले आफ्नो फिल्मको रिलिजको वातावरण बनाउन अदालत जाने सम्भावना बढेको छ ।

बोर्डले फिल्मको केही संवादमा आपत्ति जनाएको छ । जबकी युनिभर्सल पिक्चर्सले फिल्मका धेरै सेक्स सिन हटाईसकेको थियोा । यो फिल्म फेब्रुअरीको पहिलो साता रिलिज भएको थियो जसले ४० करोड डलर भन्दा बढी व्यापार गरिसकेको थियो ।

SUBSCRIBE 👉