बलिउड छाड्दै प्रियंका चोपडा


Priyanka Choparaबलिउडकी सुन्दरी नायिका प्रियंका चोपडाले बलिउड छाडेर हलिउड जाने भएकी छन् । तर उनको बलिउड छोडाई सधैंका लागि भने होईन् । विश्व सुन्दरीसमेत बनिसकेकी प्रियंकाले हलिउडको स्टुडियो ‘एबीसी नेटवर्क’सँग काम गर्नका लागि एक वर्षको समय दिएकी छन् । यही कुरा पुरा गर्नका लागि उनले ६ महिनाका लागि हलिउड छोड्न लागेकी हुन् ।

प्रियंका ‘क्वांटिको’ मा एउटा अहम भूमिका निभाउनेछिन् जसको एफबीआई ट्रेनी हुनेछ । समाचार अनुसार उनको जोडी ज्याक मक्लाफिन हुनेछन् । ज्याकलाई आम मानिसले ‘ग्रेस एनोटोमी’, ‘सीएसआईःमिआमी’ र ‘द मेंटलिस्ट’ जस्तो शोबाट चिन्छन् । प्रियंकाका आउन लागेका दुई फिल्म सञ्जय लिला भन्सालीको ‘बाजीराव मस्तानी’ र जोया अख्तरको ‘दिल धड़कने दो’ हो ।

SUBSCRIBE 👉