अभिनेता आदित्य पञ्चोली पक्राउ


Aditya Pancholiफिल्म अभिनेता आदित्य पञ्चोलीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । उनलाई मुम्बईको एक बारमा मदिरा पिएर झगडा गरेको आरोप लगाईएको छ । आदित्यले जुहुको एक पाँच तारे होटलको बारमा झगडा गरेपछि सान्ताक्रुज पुलिसले पक्राउ गरेको थियो ।

उनले बारमा हिन्दी गीत नबजाएको जनाउँदै बाउन्सरको टाउको मोबाइलले हिर्काएर फुटाएकी आरोप लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । उनले हालै सञ्जय लिला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’को सेटमा एक सदस्यलाई दुव्र्यवहार गरेका थिए । फिल्ममा उनी नकारात्मक भूमिकामा देखिनेछन् ।

SUBSCRIBE 👉